शाखाहरु

१.  व्यवस्थापन शाखा

  • माननीय प्रदेश प्रमुखज्यूको कार्यसम्पादनका लागि आवश्यक प्रशासनिक सहयोग उपलब्ध गराउने ।
  • माननीय प्रदेश प्रमुखज्यूको कार्यक्रम व्यवस्थापन तथा भ्रमणहरुको व्यवस्था गर्ने ।
  • माननीय प्रदेश प्रमुखज्यूको कार्यक्रम र भ्रमण सम्बन्धी अभिलेखीकरण व्यवस्थित गर्ने ।
  • आर्थिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • कार्यालय व्यवस्थापन, आर्थिक, प्रशासनिक र सुरक्षासम्बन्धी कार्य गर्ने ।
  • संवैधानिक एवं कानून राय-परामर्श सम्बन्धी कार्य गर्ने ।
  • विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य गर्ने ।
  • कानून तर्जुमा , संशोधन सम्बन्धी कार्य गर्ने ।
  • प्रादेशिक कानून र सो सम्बन्धी अन्य कार्य गर्ने ।

२.  सूचना तथा समन्वय  शाखा

  • कूटनीतिज्ञ एवं अन्य व्यक्तिहरुको भेटघाट सम्बन्धी व्यवस्था मिलाउने ,
  • प्रादेशिक , संघीय तथा माननीय प्रदेश प्रमुखको तर्फबाट हुने पत्राचार सम्बन्धी कार्य गर्ने ,
  • माननीय प्रदेश प्रमुखज्यूले दिनुहुने सन्देश र शुभकामनाको मस्यौदा तयार गर्ने ,
  • विभिन्न कार्यक्रमको समन्वय र आवश्यक श्रोतका लागि समन्वय गर्ने ,
  • सूचना संकलन र सम्प्रेषणको कार्य गर्ने ,
  • माननीय प्रदेश प्रमुखज्यूलाई सूचना तथा जानकारी उपलब्ध गराउने,