नेपालको संविधान अनुसार प्रदेश प्रमुखको काम, कर्तब्य र अधिकार

०७८/०७९

नेपालको संविधानमा प्रदेश प्रमुखसँग सम्बन्धित व्यवस्था

धारा १६३. प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाः

      (१) प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहनेछ ।

      (२)   राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति  गर्नेछ ।

      (३)   राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्ष हुनेछ ।

      (४)   एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन । 

धारा १६४. प्रदेश प्रमुखको योग्यताः देहायको योग्यता भएको  व्यक्ति प्रदेश प्रमुख हुनका लागि योग्य  हुनेछः

    (क)  संघीय संसदको सदस्य हुन योग्य भएको,

    (ख)  पैंतीस वर्ष उमेर पूरा भएको, र

    (ग)   कुनै कानूनले अयोग्य नभएको ।

धारा १६५. प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाः

(१) देहायको कुनै अवस्थामा प्रदेश प्रमुखको पद रिक्त  हुनेछः

    (क)  निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,

    (ख)  निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा,

    (ग)   निजको मृत्यु भएमा । 

(२)   कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो       

       प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।

धारा १६६. प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारः

(१) प्रदेश प्रमुखले यो  संविधान वा कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन  गर्नेछ ।

(२)   उपधारा (१) बमोजिम अधिकारको प्रयोग गर्दा वा कर्तव्यको पालन गर्दा यो संविधान वा कानून बमोजिम

              कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक प्रदेश

              प्रमुखबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य  प्रदेश मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ ।

              त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्री मार्फत पेश हुनेछ ।

(३)   उपधारा (२) बमोजिम प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण प्रदेश कानून बमोजिम हुनेछ ।

१६७. प्रदेश प्रमुखको शपथः प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

set to popup