नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. मध्ये २०,३०० वर्ग कि.मी. यस प्रदेशमा पर्दछ । पूर्वमा प्रदेश १, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणमा प्रदेश २ तथा भारतसँग यस प्रदेशको सीमाना जोडिएको छ । समुद्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२२९ मिटरको उचाईमा रहेको लाङटाङ हिमालसम्म फैलिएको यो प्रदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख भए अनुसार हिमाली क्षेत्रमा पाँच जिल्ला (धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र दोलखा), पहाडी दुई जिल्ला (नुवाकोट र काभ्रेपलाञ्चोक), उपत्यकाका तीन जिल्ला (काठमाण्डौं, ललितपुर र भक्तपुर) र भित्री मधेशका तीन जिल्ला (सिन्धुली, मकवानपुर र चितवन) छन् । नापी विभागका अनुसार यो प्रदेश २६० ५५’ उत्तरी अक्षांशदेखि २८० २३’ उत्तरी अक्षांशसम्म र ८३० ५५’ पूर्वी देशान्तरदेखि ८६० ३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । देशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले यहाँ सबै प्रकारको हावापानी पाइन्छ । यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ काठमाडौ), बूढानीलकण्ठ(काठमाडौ),स्वयम्भूनाथ(काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा), लगायतका महत्वपूर्ण धार्मिक स्थलहरु छन् ।
परिचय

माननीय प्रदेश प्रमुख
सचिव
विधेयक प्रमाणीकरण
२०७९-११-१८
केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको बिधेयक ।
२०७९-०४-३०
माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यूले बागमती प्रदेश सभामा गर्नुभएको सम्बोधन ।
२०७९ साल माघ २६ गते बिहिबार